Logo

Breaking News 1

राजनीति र खेल उस्तै कुरा हो : सभामुख घिमिरे



काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीति र फुटबल खेल उस्तै कुरा भएको बताएका छन् । विचारबाट खेलिने राजनीतिको खेल र भौतिक रुपमा खेलिने फुटबल उस्तै भएको बताएका उनले फुटसल नयाँ भएकाले यसलाई प्रोत्साहन गरिनुपर्ने धारणा राखे ।

१७औं संघीय संसद सेवा दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगितामा सहभागी हुँदै उनले संसद दिवसका अवसरमा फुटसल खेलेर यो नयाँ खेललाई प्रोत्साहन गर्ने प्रयास गरेको बताए ।

घिमिरेले राजनीति र फुटबल विचार र भौतिक रुपमा खेलिने भएपनि दुवै उस्तै भएको बताए । उनले भने, ‘राजनीतिमा पनि मुन्टो फर्काइँदैन । राजनीतिमा विचार मिलाउन कोसिस गरिन्छ,मिल्नेकोबीचमा मिलेरै खेलहरु हुन्छ,फुटबलमा पनि एउटा टीम मिलेर अर्कोलाई जित्नेगरी जान्छ । राजनीति र खेल उस्तै कुरा हो । राजनीतिले विचारबाट खेल्छ,यसले भौतिक रुपबाट खेल्ने कुरा हो ।’

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १ : २० बजे