Logo

Breaking News 1

सुनको मूल्य तोलामा ७०० रुपैयाँले घट्याे, चाँदीकाे स्थिर



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन आज तोलाको एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे साेमबार छापावाल सुन तोलाको एक लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ११ : ३४ बजे