Logo

मनोरञ्जन

पौडेल र लामिछाने ल्याए नयाँ गीत ‘हुन्छ भने हुन्छ भन’



पोखरा । लामो समय देखि लोकदोहोरी क्षेत्रमा क्रियाशिल गायक चोलेन्द्र पौडेल र गायीका सरस्वती लामिछानेले ‘हुन्छ भने हुन्छ भन’ गीत सार्वजनिक गरेका छन् । दुई दर्जन भन्दा बढी लोकदोहोरी गीत गाइसकेका पौडेलले दोहोरी गीतसंगीतमा निरन्तरता दिँदै आएका छन् ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको उपमहासचिव भएर काम गरिसकेका पौडेलले देश विदेशका सांगीतिक कार्यक्रममा समेत आफ्नो प्रस्तुति दिदै आएका छन् । पोखरामा रहेर पनि पौडेलको क्रियाशिलता लोकदोहोरीमा लोभलाग्दो छ । यस्तैमा गायक पौडेल र सरस्वती लामिछानेको “हुन्छ भने हुन्छ भन” गीत सार्वजनिक भएको छ । सरस्वती लामिछानेको अफिसियल युटुब मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतको म्युजिक भिडियोमा अर्जुन सापकोटा र गीता ढुंगानाको अभिनय रहेको छ । पौडेलकै शब्द संगीत रहेको उक्त गीतको म्युजिक भिडियोलाई कजीस श्रेष्ठले निर्देशन गरेका हुन् । कोरियोग्राफी समेत उनकै हो । सुनिल परियारको संगीत संयोजन रहेको गीतबाट गायक गायिका आशावादी छन् ।

पौडेलेको यसअघिका पानी मुनी मुनी, चढ्यो चढ्यो जवानी, जाम झोला बोकेर, अब त मै सानी रहिन लगायतका गीतले उनलाई सांगीतिक क्षेत्रमा चिनाएको छ । सरस्वती लामिछाने पनि पोखराबाट संगीत संघर्ष गरिरहेकी छिन् । ‘भिर्ने झोलामा’ उनको रुचाइएको गीत हो ।

लोकदोहोरीमा यसअघि रुचाइएको पौडेल र लामिछानेको युगल सांगीतिक जोडीलाई ‘हुन्छ भने हुन्छ भन” बाट समेत सफलता मिल्ने अपेक्षा उनीहरुको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १० : ३८ बजे