Logo

मुख्य समाचार

सैन्य शक्ति बढाउँदै रुस



मस्को । रुस लगातार आफ्नो सैन्य शक्ति बढाउनमा लागिरहेको छ । सोमबार मात्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई आणविक पनडुब्बी (पानी जहाज) को झण्डा फहराउने समारोहमा सहभागी भएका थिए ।

पुटिनले सेभमाश जहाज निर्माण यार्डमा अलेक्ज्याण्डर थर्ड र क्रास्नोयार्स्क पनडुब्बीहरू हेर्न उत्तरी शहर सेभेरोडभिन्स्कको भ्रमण गरेका गरेका हुन् ।

पुटिनले यसलाई रुसी नौसैनिक शक्ति प्रक्षेपण गर्ने रणनीतिक प्रयासको एक हिस्साको रूपमा ब्याख्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पुटिनले दुवै आणविक उर्जा जहाज दुई फरक पनडुब्बी शृङ्खलाको हिस्सा भएको र रुसले तैनाथ गर्न लागेको बताए । यी चाँडै प्रशान्त क्षेत्रमा तैनाथ गरिने पनि जानकारी दिए ।

पुटिनले आर्कटिक, ब्ल्याक सी, बाल्टिक सागर, क्यास्पियन सागर र विश्वका महासागरहरूको सबैभन्दा महत्वपूर्ण रणनीतिक क्षेत्रहरूमा रूसी नौसेनाको लडाई तयारीलाई तिब्र बनाइरहेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ९ : ०१ बजे