Logo

Breaking News 1

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै, राष्ट्रियसभाको निर्वाचन मुख्य एजेण्डा



काठमाडौं । राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न आज जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ ।

बैठक आज बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने जसपाका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

बस्नेतका अनुसार, बैठक राष्ट्रिय सभाको निर्वाचन र केन्द्रीय समिति बैठक एजेण्डा लगायतमा केन्द्रित रहने छ ।

त्यस्तै बैठकमा पार्टीले गत भदौदेखि तीन महिनासम्म सन्चालन गरेको संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा पनि हुने प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ८ : ०८ बजे