Logo

समाचार

सन्दीप लामिछानेविरुद्ध मुद्दा न्यायाधीश पाण्डेयको इजलासमा



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको छ । सन्दीपविरुद्धको सो मुद्दाको पेसी आइतबार न्यायाधीश पाण्डेयको इजलासको पहिलो नम्बरमा परेको छ । 

सो मुद्दामा वादी र प्रतिवादी दुवै पक्षले बहस नोट बुझाइसकेका छन् । तर, पटक–पटक सुनुवाइ स्थगित हुँदै आएको थियो । आइतबार बहस नोट बुझाएपछिको पहिलो पटक पेसीमा चढेको हो।
 

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ११ : ३४ बजे