Logo

Breaking News 1

यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल



काठमाडौँ । नेपालले एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग टस जितेको छ । दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मैदानमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपाल अफगानिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने सम्भावना कायमै राख्न चाहन्छ ।

आजको खेलमा यदि पराजित भएमा नेपालको सेमिफाइनल सम्भावना अंक गणीतिय बाँकी हुनेछ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । उता अफगानिस्तानले भारतसँग ७ विकेटले हारेको थियो । दुबै टोली पहिलो जितको सोचमा हुनेछन् ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ११ : २० बजे