Logo

खेलकुद

इङ्ल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा वेस्टइण्डिज २-१ ले विजयी



काठमाडौं । वेस्टइण्डिजले इङ्ल्याण्डविरुद्धको एकदिवसीय सिरिज जितेको छ । आइतबार बिहान सम्पन्न खेलमा वेस्टइण्डिजले इङल्याण्डलाई तेस्रो खेलमा डक वर्थ लुइस नियमका आधारमा ४ विकेटले पराजित गर्दै सिरिज जितेको हो ।

यो खेलमा बर्षाले प्रभावित गरेपछि खेल शुरुमा ४०-४० ओभरको खेलाइएको थियो । जस अनुसार इङल्याण्डले पहिला ब्याटिंग गर्दै ४० ओभरमा ६ विकेट गुमाएर २०६ रन बनाएको थियो ।

४० ओभरमा २०७ रनको लक्ष्य पाएको वेस्टइण्डिजले ३१.४ ओभरमा ६ विकेट गुमाउदै १९१ रन बनाएपछि खेल पुन: वर्षाले प्रभावित भएको थियो । त्यसपछि वेस्टइण्डिजले ३४ ओभरमा १८८ रनको नयाँ लक्ष्य पाएको थियो । यसरी वेस्ट इण्डिजले खेल ४ विकेटले जितेको थियो ।

यस अघि वेस्टइण्डिजले पहिलो खेल ४ विकेटले जितेको थियो भने इङल्याण्डले दोस्रो खेल ६ विकेटले जितेको थियो । एकदिवसीय सिरिज २-१ ले जितेपछि अब दुवै देशले ५ खेलको टी -२० सिरिज खेल्दै छन् । टी- २० सिरिजको पहिलो खेल बुधबारदेखि शुरु हुँदै छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १० : ५६ बजे