Logo

मुख्य समाचार

अर्घाखाँचीमा ट्रक दुर्घटनामा दुई जनाको मृत्यु



अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । महेन्द्र राजमार्गको शीतगङ्गा–८ सातमाराको राप्ति पुलनजिकै ना६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा ट्रकका चालक ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मी रहेका जिल्ला प्रहरी कार्यालयका जनाएकाे छ । उनीहरूको जेनस अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएकाे हाे ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ९ : ३३ बजे