Logo

खेलकुद

उडिनेसमाथि इन्टर मिलानको फराकिलो जित



काठमाडौं । इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले उडिनेसमाथि शानदार जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा इन्टर मिलानले उडिनेसलाई ४(० गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मिलानको जितमा हाकन कलहानोग्लु, फेडेरिको डिमार्को, मार्कस थुराम र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए ।

यो जितपछि इन्टर मिलानको सिरी ए मा १५ खेलमा ३८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम छ । त्यसैगरी उडिनेसको भने १५ खेलमा १२ अंक रहेको छ र लिगमा १६औं स्थानमा छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ९ : ०० बजे