Logo

Breaking News 1

कम्युनिष्टसँग गठबन्धन गर्दै जाने हो भने कांग्रेसको अस्तित्व रहदैँन : शेखर कोइराला


२२ मंसिर २०८०, शुक्रबार  

69
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीहरूसँग गठबन्धन गर्न नहुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह ‘चिनारी’ को लोकर्पण समारोहलाई सम्बोधन गर्दै कोइरालाले गठबन्धन गर्दा लोकतान्त्रिक पार्टीहरूसँगै गठबन्धन गर्नुपर्ने बताए । कोइरालाले कम्युनिष्ट पार्टीहरूसँग कांग्रेसले गठबन्धन गर्दै जाने हो भने अस्तित्व नै समाप्त हुने बताए ।

देश परिवर्तन गर्नु छ भने नेपाली कांग्रेसलाई परिवर्तन गरेर अघि बढ्न जरुरी रहेको उनको भनाइ छ । गठबन्धन पनि निर्वाचनपछि गर्ने कि अगाडि भन्ने सोच्नुपर्ने कोइरालाले बताए ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ४ : ०१ बजे