Logo

Breaking News 1

माओवादी केन्द्रको विधान सम्मेलन मंसिरमा नहुने निश्चित, विशेष रूपान्तरण अभियानको समय थप


२२ मंसिर २०८०, शुक्रबार  

69
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान सम्मेलन मंसिरमा नहुने निश्चित भएको छ । गत साउनमा बसेको केन्द्रीय समितिको बैठकले विधान सम्मेलन मंसिरमा गर्ने निर्णय गरेको थियो ।

तर, अहिले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तता, जनतासँग माओवादी विशेष रूपान्तरण अभियानलगायतको विषयलाई लिएर सम्मेलन सार्ने तयारी भएको छ ।

गएको भदौ १६ देखि तीन महिनाको लागि अभियान सुरु भएको थियो । अभियानले पार्टी संगठनलाई सक्रिय तुल्याएको भन्दै पुस १६ गतेसम्म पुर्‍याइएको केन्द्रीय कार्यालयको सचिव श्रीराम ढकालले बताए ।

अहिले जारी अभियानको रिपोर्ट आएपछि समीक्षा गर्न बस्ने केन्द्रीय समितिको बैठकले सम्मेलनको मिति तय गर्ने उनले बताए ।

अभियान र पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गरेको कामको कारणले पार्टीप्रति जनविश्वास बढ्दै गएको अभियानको प्रारम्भिक निष्कर्ष छ । त्यहीअनुरुप पार्टी सञ्चालन आगामी फागुनभित्रमा विधान सम्मेलन गरिसक्ने तयारी रहेको नेताहरु बताउँछन् ।

पार्टी विधि र प्रक्रियाअनुसार नचलेको भन्दै विधान सम्मेलनको ६ महिनापछि विशेष महाधिवेशन माओवादीले निर्णय गरेको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  २ : ०७ बजे