Logo

मुख्य समाचार

गाजामा इजरायली मन्त्रीका छोरा मारिए


२२ मंसिर २०८०, शुक्रबार  

0
Shares

गाजा । गाजामा इजरायली सेनाको भूमिगत ‘अपरेसन’का क्रममा इजरायली सरकारका मन्त्री आइसेनकोटका छोरा गल मेइर आइसेनकोट माारिएका छन् ।

इजरायली रक्षा बलले दिएको जानकारीअनुसार गाजामा इजरायली सेनाको भूमिगत ‘अपरेसन’का क्रममा ‘रिजर्भ सैनिक गल मेइरको मृत्यु भएको हो । इजरायली मन्त्रिपरिषद्मा बिनाविभागीयमन्त्रीका रूपमा सामेल भएका गाडी आइसेनकोट छन् । उनकै छोरा गल मेइरको गाजामा मारिएका हुन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गल मेइरको मृत्युप्रति शोक व्यक्त गरेका छन् । गल मेइरका बुबा सन् २०१५ फेब्रुअरीदेखि २०१९ जनवरीसम्म इजरायली रक्षा बल (आईडीएफ)को जनरल स्टाफ प्रमुख थिए ।

उनले चार दशकसम्म इजरायली सेनामा सेवा गरे । गाजामा अक्टोबर ७ देखि हालसम्म ८८ आईडीएफ सैनिक मारिएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १० : ४६ बजे