Logo

Breaking News 1

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने


२२ मंसिर २०८०, शुक्रबार  

23
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको छ । उक्त समीक्षा स्वीकृतिका निम्ति सञ्चालक समितिको बैठक जारी छ ।

राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा रहेको व्यवस्थापन समितिले हिजो दिउँसो समीक्षा पारित गरिसकेको छ । सञ्चालक समितिको बैठकबाट पारितपछि आजै पहिलो त्रैमासिकको समीक्षा सार्वजनिक गर्ने तयारी छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १० : २४ बजे