Logo

Breaking News 1

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राउ


२२ मंसिर २०८०, शुक्रबार  

46
Shares

काठमाडाैं । त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेको भन्सार कार्यालयले जनाएकाे छ ।

बिहीबार राति ११:४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका उनीहरुलाई सुनसहित पक्राउ गरिएको थियो ।

पक्राउ परेका दुबैजनालाई थुनामा राख्न प्रहरी प्रभाग कोटेश्वर पठाइएको आज कार्यालय खुलेपछि उनीहरूलाई विमानस्थल भन्सार कार्यालय गौचरमा उपस्थित गराइ थप अनुसन्धान हुने जनाइएकाे छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ६ : ५५ बजे