Logo

Breaking News 1

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको छ । आउँदो सोमबार बस्ने गरी बैठक बोलाइएको जसपाका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

आसन्न राष्ट्रियसभाको निर्वाचन, तीनमहिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा, समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको उनले जानकारी दिए ।

उनका अनुसार, पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठक बिहान ११ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  १ : १२ बजे