Logo

खेलकुद

चेल्सीमाथि म्यानचेस्टर युनाइटेड २-१ ले विजयी



काठमाडौं । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा दुवै गोल स्कट म्याक टोमिनीले गरेका थिए । उनले खेलको १९औं र ६९औं मिनेटमा गोल गरेका थिए । त्यसैगरी चेल्सीका लागि एक गोल कोल पाल्मरले गरेका थिए ।

यो जितपछि म्यानचेस्टर युनाइटेडको १५ खेलमा २७ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ । त्यसैगरी चेल्सीको भने यो यस सिजनमा छैटौं हार हो । १५ खेलमा १९ अंक रहेको चेल्सी अहिले लिगमा १०औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ८ : ४७ बजे