Logo

समाचार

म्यानचेस्टर सिटीमाथि एस्टन भिल्लाको जित



काठमाडौं । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी एस्टन भिल्लासँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी एस्टन भिल्लासँग १९० गोल अन्तरले पराजित भएको हो । एस्टन भिल्लाको जितमा खेलको ७४औं मिनेटमा लिओन बेलीले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि एस्टन भिल्ला लिगमा तेस्रो स्थानमा उक्लिएको छ । १५ खेलमा ३२ अंक रहेको भिल्लाले सिटीलाई उछिन्दै लिगमा तेस्रो स्थानमा उक्लिएको हो ।

त्यसैगरी म्यानचेस्टर सिटीको भने यस सिजनमा यो तेस्रो हार हो । यो हारपछि सिटीको १५ खेलमा ३० अंक रहेको छ र लिगमा चौथो स्थानमा झरेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ८ : ३९ बजे