Logo

Breaking News 1

केन्द्रीय सदस्यको शपथपछि रास्वपाकाे सचिवालय बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको बैठक बोलाएको छ । उपसभापति डोलप्रसाद अर्यालका अनुसार बैठक साँझ पाँच बजे बस्नेछ ।

बैठकअघि ४ बजे महोत्तरीको जलेश्वर बैठकले चयन गरेको केन्द्रीय सदस्य सदस्यहरूको शपथको कार्यक्रम रहेको उनले बताए ।

बैठकमा पार्टीको समसामयिक विषयदेखि सभापति रवि लामिछानेको मलेसिया भ्रमणको बारेमा ब्रिफिङ हुने उनको भनाइ छ । रास्वपामा थपिएका पदाधिकारीसहित १२ सदस्यीय सचिवालय छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ११ : ५३ बजे