Logo

Breaking News 1

एनसेलको सेयर खरिद-बिक्रीबारे सरकारले छानबिन गर्ने



काठमाडाैं । सरकारले एनसेलको सेयर खरिद-बिक्रीबारे छानबिन गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले एक विज्ञप्ति जारी गर्दै सरकारले एनसेलको सेयर खरिद-बिक्रीबारे छानबिन गर्ने जानकारी दिएकी हुन् ।

उनले नेपाल सरकारले एनसेलको सेयर खरिद बिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवं यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने बताइन् ।

यस अध्ययन तथा छानबिनबाट कुनै अनियमितता भएको पाइएमा सरकारले सम्बन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारबाहीको दायरामा ल्याउने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ९ : ३५ बजे