Logo

खेलकुद

ललितपुरसँग बराबरी खेल्दै वीरगन्जले जाेड्याे अंक



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सीटी एफसी र वीरगन्ज युनाइटेडले बराबरी खेलेका छन् । आज मंगलबार त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको खेलमा ललितपुर र वीरगन्जले २–२ गोलको बराबरी खेले ।

बराबरीसँगै वीरगञ्जले एक अंक जोडेको छ । ललितपुरको भने यो लगातार तेस्रो बराबरी हो र उसको ६ अंक भएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा अग्रता वीरगन्जले नै लिएको थियो ।

यो बराबरीसँगै वीरन्ज एनएसलमा पहिलो अंक जोडेको छ । शुरुका २ खेल हारेको वीरगञ्जले आज ललितपुरसँग अंक बाँड्यो । वीरगन्ज अंक तालिकाको पुछारमा छ । यो बराबरीसँगै ललितपुरले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । ललितपुर ४ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ८ : ०४ बजे