Logo

मुख्य समाचार

बैतडीमा एकजना मृत फेला



बैतडी । बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका–३ तल्लाछेपट्टाका ३० वर्षीय श्रीकान्त बोहरा मृत अवस्थामा फेला परेका हुन् ।

बोहरा मंगलबार दिउँसो आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता खेम बिक्रम केसीले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ६ : २८ बजे