Logo

समाचार

पाँच किलो चाँदीजस्तो देखिने धातुसहित तीनजना पक्राउ



मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकप्वाईन्टबाट चाँदीजस्तो देखिने धातु करिब ५ केजीसहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चितवन खैरेनी  नगरपालिका-३ बस्ने ३२ वर्षीय  राम भट्ट, चितवन भरतपुर महानगरपालिका-२९ बस्ने २७ वर्षीय मिन बहादुर गुरुङ र भारत महाराष्ट्र खवासपुर बस्ने २४ वर्षीय बिजय मारुती रहेका छन् । 

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बारा पत्थलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बा.१२ च ७१४० नम्बरको  कारलाई जाँच गर्ने क्रममा कारमा सिट मुनी लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा उक्त धातुसहित कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ४ : ३९ बजे