Logo

Breaking News 1

सरकार फेरबदलको कुरा भएको छैन : महामन्त्री शर्मा



बाजुरा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको कुरा नभएको बताएका छन् । नेपाल प्रेस युनियन बाजुरा शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार फेरबदलबारे गठबन्धन र पार्टीमा समेत कुनै कुरा नभएको बताएका हुन् ।

महामन्त्री शर्माले सरकारबाट भएका कमी–कमजोरीको आलोचना गर्ने र सकारात्मक कामको प्रशंसा गर्ने काम पनि पार्टीबाटै हुनुपर्ने उल्लेख गरे । कांग्रेसकै सरकार हुँदा पनि गलत कार्यको विरोध गर्नु लोकतान्त्रिक अभ्यास भएको उनको भनाइ थियो ।

सरकारले गर्ने हरेक गतिविधिमा निगरानी गरेर गलत भए खबरदारी र सही कामको समर्थन गर्न पछि नहट्ने महामन्त्री शर्माले प्रतिबद्धता जनाए ।

पार्टीले आयोजना गर्न लागेको महासमितिको बैठक नेतृत्व चयन नभएर नीति बनाउने अधिवेशन भएको उनले प्रस्ट पारे । उनले महासमिति बैठकमा नीति बनाउने चिन्ता पार्टीका नेतामा हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १ : ०३ बजे