Logo

Breaking News 1

रास्वपा फुट्ने कल्पनासमेत नगर्नुस् : तोसिमा कार्की



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाकी सांसद डा. तोसिमा कार्कीले रास्वपा फुट्ने कल्पनासमेत नगर्न सबैलाई आग्रह गरेकी छिन् ।

उनले मङ्गलवार बिहानै सामाजिक सञ्जाल मार्फत फेसबुकमार्फत २०८४ को निर्वाचनमा कुनै पनि हालतमा घण्टी बज्ने दाबी गरेकी छन् ।

उनले रास्वपा ठूलो लक्ष्य लिएर गठन भएको दाबी गर्दै देश बनाउनका लागि पार्टी बनेको बताइन ।

कार्कीले लेखेकी छन्,

के रे के रे ? फुट्ने रे ?
कल्पना पनि नगर्नुस्, हुँदैन| हामी त्यसो हुनै दिदैनम्|
साना लक्ष्यले जुट्या पार्टी हैन, देश बनाउने पार्टी हो, देश बनाउने !!
चौरासी त हुन्छ हुन्छ! हुनैपर्छ| जनताले देश भित्रै सम्भावना र समृद्दी देख्न पाउनै पर्छ| साना दौडमा हिँड्या होईनौ, देश बनाउन हिँड्या हौँ,
देश बनाउन !! ठूलो छाती ठूलो मुटु लिएर हिँड्या छौ| त्यसैले कोशिस नगर्नुस्, सक्नुहुन्न!! घण्टी त बज्छ बज्छ| चौरासीमै बज्छ| बरु आउनुस् तपाईहरु पनि यो महाअभियानमा नछुट्नुस्|
विधीको शासन? ए ए,
सबैले आ-आफ्नै व्याख्या प्रतिव्यख्या गर्नुभएछ !
विधीको शासन देशमै छैन हजुर! सरकारमै छैन| स्वास्थ्य मन्त्रीको हर्कतमा छैन| न्यायलयमै छैन !! निराश नहुनुस्,सबै ठाउँमा हामी त्यो स्थापित गरेरै छाँड्छौँ|

उनले २०८४ मा घण्टी बज्ने भन्दै आफ्नो पार्टीको महाअभियानमा जुट्नका लागि सबैलाई आग्रहसमेत गरेकी छन् । आफूले विधिको शासन भनेर सामाजिक सञ्जालमा लेख्दा फरक-फरक व्याख्या भएको भन्दै सबै ठाउँमा विधिको शासन स्थापित गरेर छोड्ने दाबीसमेत गरिन् ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १२ : १२ बजे