Logo

Breaking News 1

भारतमा सामुद्रिक आँधी ‘मिचाउङ’को प्रभाव : ५ जनाको मृत्यु



काठमाडौं । भारतको दक्षिण आन्ध्र प्रदेश तथा उत्तरी तमिलनाडु सामुद्रिरक आँधी ‘मिचाउङ’को प्रभावले भारी वर्षा भइरहेको छ ।

सामुद्रिक आँधी ‘मिचाउङ’को प्रभाव मंगलवार भारतको दक्षिण आन्ध्र प्रदेश तथा उत्तरी तमिलनाडु किनारसम्म पुग्ने चेतावनी दिइएको बीबीसीले जनाएको छ । भारतको मौसम विभागका अनुसार ‘गम्भीर चक्रवात मिचोउङ’ चेन्नईबाट १३० किलोमिटर उत्तरमा रहेको र आँधीका कारण चेन्नईमा भारी वर्षा भइरहेको छ ।

अविरल वर्षाका कारण राजधानीमा हालसम्म ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुने पाँच जनामध्ये दुई जनाको करेन्ट लागेर र एक जनाको रुख ढलेर मृत्यु भएको हो । अन्य दुई जनाको मृत्युको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ८ : ३७ बजे