Logo

धर्म / संस्कृति

आजको राशिफल २०८० मंसिर १९ गते



काठमाडाैं । आज मिति २०८० मंसिर १९ गते, मंगलबार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

मेष राशि
अध्ययनमा राम्रो उपलब्धि हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ।

बृष राशि
अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। प्रयत्न गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। रोकिएका काम बन्नाले केही नयाँ कामतर्फ अग्रसर भइनेछ।

मिथुन राशि
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। बेसुरमा काम गर्ने बानीले समस्या पर्ला। अरूका लागि उपयोग भइनेछ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ उठाउन सकिनेछ।

कर्कट राशि
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। तत्काल सामान्य लाभ भए पनि पछिलाई फाइदा हुनेछ।

सिंह राशि
पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ। परम्परालाई समयसापेक्ष सुधार गर्न सफल भइनेछ।

कन्या राशि
प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ। व्यवहारमा आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। केही अवसर प्राप्त भए पनि लगानी सदुपयोग गर्न नसकिएला।

तुला राशि
रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि लाभ उठाउन सकिनेछ।

बृश्चिक राशि
इष्टमित्र र शुभचिन्तकहरूसँग सुमधुर सम्बन्ध बनाइराख्नुहोला। काम अड्किए पनि लाभांश प्राप्त भइरहनेछ। ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। परिवारमा पनि असमझदारी देखापर्ने समय छ।

धनु राशि
धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। मिहिनेतले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

मकर राशि
मिहिनेत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। आयस्रोत केही कमजोर देखिए पनि फजुल खर्च बचाउन सकिनेछ।

कुम्भ राशि
घरेलु असमझदारीले केही समस्या निम्त्याए पनि परिवारजनको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। वादविवादबाट अलि सतर्क रहनुहोला।

मीन राशि
केही खर्च लागे पनि रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ६ : ०० बजे