Logo

मुख्य समाचार

मलाई मधेश लागुपदार्थको कारण आक्रान्त छ भन्ने थाहै थिएन : मुख्यमन्त्री यादव



महोत्तरी । मधेश प्रदेश लागुपदार्थको कारण आक्रान्त वनेको आफुले थाहा नपाएको मुख्यमन्त्री सरोज यादवले वताएका छन् । प्रहरीले चलाएको एण्टि ड्रग क्याम्पियनको आइतबार सुभारम्भ गर्दै मुख्यमन्त्री यादवले आफुलाई मधेश वल्ल लागुपदार्थको कारण समस्या कनेको थाहा पाएको बताएका हुन् ।

बाराको निजगढ र महोत्तरीमा लागुपदार्थ पुनःस्थापना केन्द्र बन्दै गरेको जानकारी रहेको बताउदै प्रदेश सरकारले अब यसतर्फ ध्यान दिने पनि प्रतिबद्धता भने जनाएका छन् ।

ञहामी प्रहरीलाई जुनसुकै सहयोग गर्न पनि तयार छौ, झ मुख्यमन्त्री यादवले भने, ञप्रहरीलाई लागुपदार्थ प्रयोगकर्ता पहिचान गर्न अत्याधुनिक मेसिन पनि उपलब्ध गराउने छौं ।

आफू जानकार नरहेको सार्वजनिक कार्यक्रममा नै स्वीकार गरेका मुख्यमन्त्री यादवलाई प्रहरीले प्रस्तुत गरेको तथ्यांकले भने गिज्याइरहेको थियो ।

मधेश प्रदेश प्रहरीको आर्थिक बर्ष २०८०र८१ को कात्तिकसम्मको तथ्यांक हेर्ने हो भने ८ वटै जिल्लामा २६८ वटा मुद्दा दर्ता भएका छन भने ३७९ जना ब्यक्ती लागुपदार्थ कै कारण पक्राउ परेका छन् ।

यस्तै ठुला(ठुला परिणाममा लागुपदार्थ समेत प्रहरीले बरामद गरेको छ । २३९५ केजि गाजा, ४७ केजि ८९० ग्राम चरेश, १६ केजी हिरोइन, १६ हजार ४४८ वटा ट्यावलेट, विभिन्न लागुपदार्थले भरिएका १३ हजार १७६ वटा बोत्तल र २ हजार ७० वटा इन्जेक्सन बरामद गरेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।

गृहमन्त्री मोहम्मद सलिमले पनि आफ्नो मन्तव्यमा लामो भाषण बाहेक गृहमन्त्रीको हैसियतले मधेशमा लागुपदार्थ न्यूनीकरणका लागी गरेका प्रयासहरुको बिषयमा केही बोल्न सकेनन ।

मधेश प्रदेश सरकारले बनाएका पुनःस्थापना केन्द्रको बिषयमा सामान्य जानकारी समेत नरहेका गृहमन्त्री सलिमले महोत्तरीमा भने बन्दै गरेको जानकारी दिए ।

लागुपदार्थ कै कारण मधेश आक्रान्त बनेतापनी गृहमन्त्री र मुख्यमन्त्रीको जवाफले कार्यक्रममा सहभागी भएका अभिभावकहरु भने उत्साहित भएको देखिन्थे ।

प्रदेश प्रहरीको अनुसार मधेशमा भएका धेरैजसो घटनाहरु लागु पदार्थसगैँ जोडिएका छन । हत्या, हिंसा, लुटपाटजस्ता घटनाहरु कहीँ न कहीँ लागुपदार्थसगैँ जोडिने गरेको प्रहरीको निष्कर्ष छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ९ : ०० बजे