Logo

Breaking News 1

जनताका समस्या र मागलाई एमालेले सधैँ शिरोधार्य गरेर अघि बढ्छ : अध्यक्ष ओली



अछाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताका समस्या र मागलाई एमालेले सधैँ शिरोधार्य गरेर अघि बढ्ने बताउनुभएको छ ।

मध्यपहाडी यात्राको क्रममा अछामको विनायक ठाउँमा आयोजित संक्षिप्त सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नीति निर्माण गर्ने र राष्ट्रिय आत्मविश्वास बढाउने काममा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले स्थानीय तहहरूले स्थानीय जनतासँग समन्वय गरेर उनीहरूको आवश्यकता अनुसार काम गर्न निर्देशन दिनुभयो ।

उहाँले आफू रहे नरहे पनि देश सधैँ रहिरहन्छ भन्ने मानसिकताबाट काम गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले वर्तमान सरकार कुनै गन्तव्य बिनाको भएको हुनाले देशको हितका निम्ति कुनै काम गर्न नसकेको बताउनुभयो ।

देश विकास गर्नका निम्ति एमालेकै सरकार आवश्यक पर्ने उहाँले बताउनुभयो । यात्राको क्रममा आफूलाई दिइएका ज्ञापन र माग पत्रहरूलाई एमालेले गम्भीर रुपमा लिने बताउनुभएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  १ : ०४ बजे