Logo

Breaking News 1

वसन्तपुरमा दियो बालेर राजतन्त्र फर्काउने दुर्गा प्रसाईको घोषणा



काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्व गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने बताएका छन् ।

आइतबार पत्रकार सम्मेलन गरी प्रसाईले मङ्सिर ३० गतेभित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सरकार चलाउने घोषणा गरेका छन् । पत्रकार सम्मेलनमा उनले अबको आन्दोलन विकेन्द्रित हुने भन्दै प्रसाईले फागुन १ गतेबाट व्यवस्था परिवर्तनका लागि आफ्नो आन्दोलन निर्णायक बनाउने बताए ।

उनले मङ्सिर ३० बाट नागरिक सरकार गठनका लागि गाउँ गाउँबाट आन्दोलन सशक्त बनाउने बताए । उनले अभियानका मुख्य माग समेत पढेर सुनाएका छन् । जसमा बैंक तथा लघुवित्तका बीमा कम्पनी राष्ट्रियकरण गर्ने, निक्षेपको जिम्मा सरकारले लिनुपर्ने र अति विपन्न गरिबको २० लाख ऋण मिनाहा गर्नुपर्ने तथा धितो फिर्ता गर्नुपर्ने रहेका छन् ।

उनले एक हजार ५ सयका नोटबन्दी गर्नुपर्ने, राजा जनक बुद्धको तस्बिर भएका नोट छाप्नुपर्ने लगायतका माग पत्रकार सम्मेलनमा अघि सारेको सुनाए । उनले प्रदेश संरचना खारेज, सर्वोच्च अदालतमा सय जना न्यायाधीश नियुक्ति, विदेशमा बन्दी जीवन बिताएका युवाहरुलाई स्वदेश फर्काउने र ५० लाख युवालाई रोजगारीको व्यवस्था मिलाउने लगायतका माग अघि सारेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ११ : २७ बजे