काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल० अन्तर्गत एफसी चितवनले पहिलो जित हासिल गरेको छ ।शुक्रबार सम्पन्न खेलमा एफसी चितवनले बीरगन्ज युनाइटेड एफसीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
चितवनको जितमा विमल घर्ति मगर र टोरिक जेब्रिनले एक एक गोल गरेका थिए । त्यस्तै वीरगन्जका लागि एक गोल एकिन्स केइ बाफोरले गरेका थिए ।
चितवनको जारी एनएसएलमा तेस्रो खेलमा यो पहिलो जित हो । ३ खेलमा एक जित, एक हार र एक बराबरी खेलेको चितवनको ४ अंक भएको छ र अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । त्यसैगरी वीरगन्जले भने लगातार दोस्रो हार बेहोरेको छ ।
अब एनएसएल अन्तर्गत शनिबार दुई खेल हुने छन् । शनिबार पहिलो खेल धनगढी एफसी र ललितपुर सिटी एफसीबीच हुने भने दोस्रो खेल झापा एससी र पोखरा ठण्डर्सबीच हुने तालिका रहेको छ ।
प्रतिक्रिया