Logo

Breaking News 1

डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घट्याे


१५ मंसिर २०८०, शुक्रबार  

69
Shares

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबर मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घटाएको हो ।

पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मुल्य घटेको छ । एलपी ग्यासको मूल्य भने यथावत छ ।

नयाँ मूल्यअनुसार चार आली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको १६७ रुपैयाँ ५० पैसा पर्नेछ ।

सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपालय डिपोको १५ किलोमिटर क्षेत्रमा एक लिटर पेट्रोलका लागि १७० रुपैयाँ पर्ने छ । डिजेल र मट्टितेल भने क्रमशः १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ पर्नेछ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ६ : १७ बजे