Logo

Breaking News 1

सरकारसँग कर्मचारी पाल्ने पैसा समेत छैन : ओली



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ले पहिचानका नाममा जनतालाई विभाजित गर्न खोजिएको बताएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ ‘संकल्पयात्रा’का क्रममा बिहीबार बैतडीको गोठलापानीमा आयोजित पहिलो दिनको सभामा उनले पहिचानको मुद्दा सबैभन्दा बढी एमालेले सम्बोधन गरेको जिकिर गरे ।

अरूमाथि घृणा फैलाउने, आतङ्क मच्चाउने विषय पहिचानको राजनीति हुन नसक्ने उनले बताए ।

अध्यक्ष ओलीले व्यवसायी, व्यापारी पनि पीडित भएको बताए ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ४ : ०९ बजे