Logo

Breaking News 1

नेकपा एसको महाधिवेसन सर्ने सम्भावना, २८ गते सचिवालय बैठक बोलाईयो



काठमाडौं। नेकपा एकीकृत समाजवादीले पुर्व निर्धारित महाधिवेसन सार्ने तयारी गरेको छ ।

जुन निर्णय लिनका लागि नेकपा एसले मंशिर २८ गते सचिवालय बैठक बोलाएका छन । 

महासचिव घनश्याम भुसालका अनुसार आगामी मङ्सिर १८ गते बिहान ११ बजे ६९ औँ केन्द्रीय सचिवालय बैठक आह्वान गरिएको छ ।

उक्त बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी, अन्तर पार्टी निर्देशनालयलगायत अजेन्डामा छलफल गरिने भएको छ ।

आगामी माघ १४ गते राष्ट्रिय महाधिवेशनको मिति तय भए पनि तयारी नपुगेको भन्दै अध्यक्ष माधवकुमार नेपालले महाधिवेशन सार्ने प्रस्ताव उक्त बैठकमा गर्ने बुझिएको छ ।
 

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  १ : ५४ बजे