Logo

अर्थ

सुन चाँदीको मूल्य स्थिर



काठमाडौं । नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । लगातार तीन दिन नयाँ रेकर्ड राखेको सुन बिहीबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै बिहीबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १५ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ११ : ०६ बजे