Logo

Breaking News 1

सेयर बजार १७.९३ अंकले घट्यो 



काठमाडौं । सेयर बजार १७.९३ अंकले घटेको छ । बुधबार साविक समयभन्दा २४ मिनेट ढिलो गरी खुलेको सेयर बजार १७.९३ अंकले घटेर १८७६.६० विन्दुमा आएर बन्द भएको छ । 

यसदिन २८५ कम्पनीको २९ हजार ८८३ पटक भएको कारोबारमा ३३ लाख ५९ हजार ६०१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १ करोड ४१ लाख ९५ हजार ५७५ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ४२ कम्पनीको सेयर मूल्य बढ्दा १९० कम्पनीको ओरालो लागेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । 
 

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ३ : ४९ बजे