Logo

Breaking News 1

निगमको जहाज खरिदको बोलपत्रमाथि परेको उजुरीमा छानबिन सुरु



काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपाल वायुसेवा निगमको जहाज खरिदका विषयमा छानबिन सुरु गरेको छ । जहाज खरिद प्रक्रियामा अनियमितता भएको भन्दै कार्यालयमा सोमबार उजुरी परेको थियो ।

उक्त उजुरीमाथि प्रारम्भिक छानबिन सुरु गरिएको कार्यालयका सह–सचिव विष्णुप्रसाद शर्माले जानकारी दिए । कार्यालयमा उजुरी परेपछि निगमसँग प्रारम्भिक जानकारी मागेको शर्माले बताए ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  १ : १५ बजे