Logo

Breaking News 1

कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाको आह्वानमा पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्न लागेको हो । आजको बैठकमा आसन्न महासमिति बैठकको तयारीबारे छलफल गर्ने जनाइएको छ । बैठक दिउँसो १ बजेका बस्ने छ ।

देउवा निवास धुम्बाराहीमा बस्ने बैठकमा महासमितिमाथि केन्द्रित छलफल हुनेछ । कांग्रेसले आगामी पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक गर्न लगाएको छ ।

कांग्रेसले महासमिति बैठकका लागि नीतिगत प्रस्ताव उपसभापति पूर्णबहादुर खड्का, साङ्गठनिक प्रतिवेदन महामन्त्री गगनकुमार थापा र समसामयिक राजनीतिक प्रतिवेदन महामन्त्री विश्वप्रकाश शर्माले तयार गर्ने जिम्मा दिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ७ : ३४ बजे