Logo

अर्थ

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन



काठमाडौं। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिन मंगलबार अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परेकाले मंगलबारबाट आर्ईपीओ बिक्री गर्न लागेको कम्पनीले जनाएको छ । 

कम्पनीले ८ मंसिरदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो ।

दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । 

पहिलो चरणमा कम्पनीले कम्पनीले धितोपत्र बोर्डबाट जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउनेमध्ये १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ११ : १४ बजे