Logo

Breaking News 1

इतिहासको चक्का अग्रगमनतिरै बढ्छ, पछाडि फर्किँदैन: प्रधानमन्त्री प्रचण्ड



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इतिहास जहिले पनि अग्रगमनतर्फ अगाडि बढ्ने बताएका छन् । आज (सोमबार) छैठौं सामाजिक सुरक्षा दिवसको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित सभालाई सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने, भ्रम छर्ने गतिविधि भएको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि योगदान दिएका राजनीतिक दल, दलका नेता, नागरिक रहेसम्म इतिहास पछाडि नफर्किने उनको दाबी छ ।

आफूले यस पटक सरकारको नेतृत्वमा रहँदा आश्वासनमात्रै दिँदै नहिँडेको उनले बताए । प्रधानमन्त्रीको हैसियतले यो पटक राम्रो कामको सुरुवात गर्ने, त्यसलाई अगाडि बढाउने, ऐन, कानुनमा भएको व्यवधानहरु हटाउने, र समाजवाद उन्मुख राज्यको परिकल्पना संविधानमा जे गरिएको छ, त्यसलाई कार्यान्वयन गर्नका लागि प्रयास गरिरहेको उनले बताए ।

अर्थतन्त्रका तमाम समस्या समाधानका लागि पनि आफूले विभिन्न राजनीतिक दल, अर्थविद्, विभिन्न क्षेत्रसँग सम्बन्धित प्रतिनिधिहरुलाई एकै ठाउँमा राखेर गम्भीर छलफल गरेर महत्वपूर्ण निर्णय गरेको उनले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले लघुबित्त, बैंकको ब्याज र अन्य तमाम समस्याको सहजीकरण गर्दै अगाडि बढ्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।

साथै, सुकम्बासी, स्वबासीका समस्या र अव्यस्थित बसोबासीको समस्या समाधानका लागि हिजो सरकारले महत्वपूर्ण नीतिगत निर्णय गरेको उनले बताए । अबको केही समयमा सुकुम्बाुसी, स्वबासी, भूमिहीन र अव्यवस्थित बसोबासीका समस्या समाधानको प्रक्रियाले सार्थकता पाउने उनको दाबी छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ३ : ३० बजे