Logo

Breaking News 1

राजावादी सक्रिय देखिए पनि व्यवस्थामाथि कुनै खतरा छैन : सञ्चारमन्त्री शर्मा



काठमाडौँ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजावादी सक्रिय देखिए पनि व्यवस्थामाथि कुनै खतरा नभएको बताएकी छिन् । यदि व्यवस्थामाथि खतरा नै उत्पन्न हुने स्थिति आए सम्पूर्ण गणतन्त्रवादी शक्तिहरू एकजुट भएर प्रतिकार गरिने उनले चेतावनी दिइन् ।

हिजो माओवादी जनयुद्धको तागतसहित ८० प्रतिशत मानिस सडकमा आउँदा त बल्लतल्ल गणतन्त्र आएको स्मरण गर्दै उनले दुई चार जना मानिस सडकमा आएर फरक नपर्ने बताइन् ।

यस्तै गणतन्त्र र राजतन्त्रको भेदबारे विद्यालयको पाठ्यपुस्तकमा समेट्न नसक्दा पनि समस्या देखिएको उनको बुझाइ छ ।

यसैगरी सडकमा देखिएको पछिल्लो अवस्थाबारे सरकारले निकै गम्भीरतापूर्वक हेरेको उनले बताइन् । एउटाले समस्या पैदा गर्दा अहिले सबैले भारी बोक्ने स्थिति आएको भन्दै मूलत आफूहरूमा भएको कमीकमजोरी करेक्सन गरेर जनतालाई सेवा र सुविधा दिनुपर्ने उनको भनाइ छ । मुख्य समस्या भएको भन्दा बढी भ्रम छर्ने काम भइरहेको उनले गुनासो पोखिन् ।

व्यवस्थामाथि संकट आएको अवस्थामा राज्य, सरकार, नागरिक समाज र मिडिया सबै एक ठाउँमा आउने उनले विश्वास लिइन् ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ३ : ५६ बजे