Logo

Breaking News 1

२६ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन नआए कारबाही गरिने



काठमाडौँ। सम्पर्कमा नरहेका २६ जना प्रहरीलाई सात दिनभित्र कार्यालयमा सम्पर्क गर्न  नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले अनुरोध गरेको छ । कार्यालय आज सूचना जारी गर्दै हाजिर हुन नआएका २६ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन अल्टिमेटम दिएको हो ।

प्रहरी नियमावली २०७१ को नियम ११५ को  (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको सूचनामा उल्लेख छ ।

सात दिनभित्र आफू गैर हाजिर  रहनुको कारणसहित उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने कार्यालयले जनाएको छ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ७ : ३२ बजे