सिडनी। अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले हमास इजरायल युद्दबिरामको स्वागत गरेका छन ।
हमासले बन्दीहरूको रिहाइ गरेको तथा इजरायलले गाजामा मानवीय सहयता पुर्याउनका लागि गरेको योगदानको स्वागत गरेका हुन् ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले गाजाबाट बन्दीहरूको रिहाइ र युद्धविरामको स्वागत गरेका छन् । उनले दिगो युद्धविराम र दीर्घकालीन, स्थायी शान्तितर्फ कदम चाल्नसमेत आह्वान गरेका छन्।
सामाजिक सञ्जालमा एक पोस्टमा अल्बानीजले भनेका छन कि, ‘बन्दीहरूलाई मुक्त गर्न र गाजा पट्टीमा मानवीय पहुँचलाई अनुमति दिन महत्वपूर्ण प्रगतिको प्रतिनिधित्व गर्दछ र अष्ट्रेलियाले तिनीहरूलाई स्वागत गर्दछ।’
प्रतिक्रिया