Logo

विश्व

कतारद्वारा ८ भारतीयलाई मृत्युदण्डको सजायविरुद्धको अपील स्वीकार



नयाँ दिल्ली । कतारको अदालतले भारतीय अपिललाई स्विकार गरेको छ । जासुसीको मुद्दामा पक्राउ परी मृत्युदण्डको सजायँ पाएका भारतीयहरू पुर्व अधिकारीको मुद्दामा कतारले अपिल स्विकार गरेको हो ।

कतारको एक अदालतले कथित जासुसी मुद्दामा गत महिना सजाय पाएका आठ पूर्व भारतीय नौसेना कर्मचारीहरूलाई सुनाइएको मृत्युदण्डको सजाय विरुद्ध भारतको अपील स्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कतारको अदालतले पुनरावेदनलाई हेरेर सुनुवाइको मिति तय गर्ने स्रोतले जनाएको छ ।

अगस्ट २०२२ मा पक्राउ परेका पूर्व भारतीय नौसेना अधिकारीहरू पूर्णन्दु तिवारी, सुगुनाकर पकाला, अमित नागपाल, सञ्जीव गुप्ता, नवतेज सिंह गिल, वीरेन्द्र कुमार वर्मा, सौरभ वशिष्ठ र रागेश गोपकुमार रहेका छन् । जसलाईगत महिना मृत्युदण्ड दिन फैसाला कतारको अदालतले गरेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १० : ४२ बजे