Logo

विश्व

क्युबेली राष्ट्रपतिको उपस्थीतिमा प्यालेस्टाइनको समर्थनमा मार्चपास



क्युबा । स्वतन्त्र प्यालेस्टाइनीको पक्षमा क्युबामा बिशाल प्रदर्शन भएको छ । क्युबाका जनताले प्यालेस्टाइनको समर्थनमा राजधानी हवानामा अमेरिकी दूतावास अगाडी मार्च पास गरेका हुन् ।

अलजजिरका अनुसार प्यालेस्टाइनीहरू विरुद्ध इजरायलको नरसंहारको निन्दा गर्न हजारौं क्युबालीहरूले बिहीबार देशको राजधानी हवानामा मार्चपास गरेका हुन् ।

सो मार्च पासको नेतृत्व क्युबाका राष्ट्रपति मिगुएल डियाज क्यानेल पनि सहभागी थिए, जुन मार्च पास हवानाको समुद्रीतट ड्राइभ मालेकोनमा छ, जुन स्थानमा अहिले अमेरिकी दूतावास अवस्थित छ ।

प्रदर्शनकारीहरूले प्यालेस्टाइनी झण्डा फहराएर ‘स्वतन्त्र प्यालेस्टाइन,’ ‘इजरायल नरसंहार हो’ र ‘प्यालेस्टिनी स्वतन्त्रताको साथमा’ भन्दै नारा लगाएका थिए।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ८ : ५४ बजे