Logo

मुख्य समाचार

गाजाबाट १०३ रूसी नागरिकको उद्दार गरी स्वदेश फर्काइयो



मस्को । युद्दग्रस्त गाजाबाट उद्दार गरी १०३ रुसी नागरिकलाई स्वदेश फर्काइएको छ । गाजाबाट निकालिएका १०० भन्दा बढी रूसी नागरिकहरू मस्कोको लागि विशेष उडानमार्फत घर आइपुगेको रसियाको आपतकालीन मन्त्रालयले जनाएको छ ।

रुसी अधिकारीहरूले टेलिग्राममा एक पोस्टमा भनेका छन् कि १०३ रूसी नागरिकहरू चार्टर्ड बिमान ल्युसिन ७६ मार्फत घर फर्केका छन् । पछिल्लो स्वदेश फिर्तीले गाजाबाट निकालिएका रुसीहरूको कुल संख्या ७५० भन्दा बढी पुगेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ८ : ४६ बजे