काठमाडौं । भारतले अस्ट्रेलियाविरुद्धको टी- २० सिरिजमा विजयी शुरुवात गरेको छ । बिहिबारदेखि शुरु भएको ५ खेलको टी-२० सिरिजको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई २ विकेटले पराजित गरेको हो ।
अस्ट्रेलियाले दिएको २०९ रनको लक्ष्य पछाएको भारतले १९।५ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतकालागि यस सिरिजमा कप्तानी गरिरहेका सूर्यकुमार यादवले ४२ बलमा ८० रन बनाएका थिए भने इशान किशनले ५८ तथा रिंकु सिंहले १४ बलमा २२ रन बनाएका थिए ।
यसअघि पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ३ विकेट गुमाउदै २०८ रन बनाएको थियो । अस्ट्रेलियाका लागि जोश इन्लिसले ५० बलमा ११० रन बनाएका थिए भने स्टिभ स्मिथले ५२ रन बनाएका थिए ।
यो जितपछि भारतले ५ खेलको सिरिजमा १(० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने तालिका रहेको छ ।
प्रतिक्रिया