Logo

Breaking News 1

भोलिदेखि काठमाडौं बन्द हुन्छ : दुर्गा प्रसाईं



काठमाडौं। व्यवसायी दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौं बन्द हुने बताएका छन् । आजको प्रदर्शनपछि अब भोलिदेखि काठमाडौं बन्द हुने उनले बताए ।

बल्खुमा प्रहरीसँग भएको झडपमा आठ÷नौजना आन्दोलनकारी घाइते भएको बताएका छन् ।

प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर बनाउनेक्रममा दोहोरो झडप भएको थियो । त्यसमा आन्दोलनकारीभन्दा प्रहरी धेरै घाइते भएको प्रसाईंले बताए ।

उनले बैंकको ब्याज र सहकारी तथा लघुवित्तको ठगीबाट आजित नागरिक सबैले भोलिदेखि काठमाडौं बन्द गर्ने दाबी गरे । प्रहरीले आजको आन्दोलनमा हस्तक्षेप गरेर भोलि देखिको आन्दोलनलाई सहयोग गरिदिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ४ : १५ बजे