Logo

Breaking News 1

दुर्गा प्रसाईँको अराजकता समाप्त भएको छ : महेश बस्नेत



काठमाडाैँ। एमाले नेता तथा राष्ट्रिय युवा संघका संयोजक महेश बस्नेतले दुर्गा प्रसाईँलाई ठिक ठाउँमा बस्न चेतावनी दिएका छन् । काठमाडौँको तीनकुनेमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता बस्नेतले कुशासनका विरुद्ध र सुशासनका पक्षमा आफूहरूले थालेको आन्दोलन नरोकिने बताए ।

उनले साम्राज्यवादीहरूका कारण नेपालमा अस्थिरता, कुशासन र भ्रष्टाचार मौलाइरहेको बताए । साथै उनले साम्राज्यवादीहरुले मुलुकलाई प्रयोगशाला बनाउन लागिएको बताए ।

नेता बस्नेतले आजैबाट दुर्गा प्रसाईँ समाप्त भएको घोषणा समेत गरे । उनले प्रसाईँ बौलाएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई उपचार गर्ने व्यवस्था मिलाउन आग्रह गरे । उनले प्रसाईँमाथि बैंक ठगेको र राजश्व छलेको आरोपमा गिरफ्तार गर्न समेत सरकारलाई आग्रह गरे ।

उनले आफ्नो कार्यक्रम बाघ र दुर्गा प्रसाईँको कार्यक्रम कुकुरजस्तो भएको प्रमाणित भएको भन्दै भोलिदेखि ठिक ठाउँमा बस्न चेतावनी दिए । उनले प्रसाईँलाई पूर्व राजाको भूतको संज्ञा दिए ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  २ : ५७ बजे