Logo

Breaking News 1

तीनकुनेबाट महेश बस्नेतको गर्जनः ‘ज्ञानेन्द्रलाई निर्मल निवासमा बस्न मन छ कि छैन ?’



काठमाडौं। नेकपा (एमाले) को युवा संघ राष्ट्रिय युवा संघले आयोजना गरेको विशाल प्रदर्शन तीनकुनेमा जारी रहेको छ । प्रदर्शनमा एमालेका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ ।

प्रदर्शनस्थलबाट सम्बोधन गर्दै एमालेका प्रभावशाली नेता एवं युवा संघका इन्चार्ज महेश बस्नेतले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए । उनले दुर्गा प्रसाईँजस्ता मान्छेहरु राजाको पक्षमा उत्रिएको भन्दै ज्ञानेन्द्रलाई निर्मल निवासमा बस्न मन छ कि छैन भनेर प्रश्न गरे ।

‘लोकतन्त्रको विरुद्ध राजतन्त्र हुन सक्दैन । जुँगा मठारेर बसेका ज्ञानेन्द्रलाई निर्मल निवासमा बस्न मन छ कि छैन ?’– उनले प्रश्न गरे ।

राजतन्त्रको नाममा यस्तै अराजक गतिविधि बढ्दै गए र पूर्व राजा ज्ञानेन्द्रले समर्थन जनाउँदै गएमा एक दिन उनले देश छाड्ने दिन आउने उनको दाबी छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  १२ : ५९ बजे